Spread the love
  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

गौतम वुद्धका ४० सन्देश

0

काठमाडौं। गौतम वुद्ध नेपाली इतिहासका सबैभन्दा ठूला चिन्तक र दार्शनिक मानिन्छन्। आजको नेपाली समाजमा उनको चर्चा उत्तिकै छ, जति उनको जीवनकालमा थियो।

गौतम वुद्धका सन्देश अति सरल र जीवनउपयोगी छन्। उनले कहिल्यै उपदेश दिएनन्, जति कुरा भने, ती सबै आफ्नै जीवनमा प्रयोग गरिएका तथ्य मात्र हुन्। यस्ता छन् वुद्धका ३८ सन्देश।

१. मूर्खको संगत नगर्नु।
२. बुद्धिमानीको संगत गर्नु।
३. शिलवानको संगत गर्नु।
४. अनुकुल स्थानमा निवास नगर्नु।
५. कुशल कर्मको सञ्चय गर्नु।
६. कुशल कर्म गर्न प्रेरित गर्नु।
७. अधिकतम ज्ञानको सञ्चय गर्नु।
८. शिल्प विद्या सिक्नु।
९. व्यवहार कुशल एवं विनम्र हुनु।
१०. विवेकवान हुनु।
११. प्रखर र शालिन वक्ता हुनु।
१२. माता – पिताको सेवा गर्नु।
१३. पुत्रपुत्री तथा श्रीमतीको पालन पोषण गर्नु।
१४. अकुशल कर्म नगर्नु।
१५. कुनै फलको आशा नगरी दान दिनु।
१६. धम्मको आचरण गर्नु।
१७. इष्टमित्रहरूलाई आदार सत्कार गर्नु।
१८. कल्याणकारी कार्य गर्नु।
१९. मन, शरीर र वचनद्वारा परपीडक कार्य नगर्नु।
२०. नसाजन्य पदार्थको सेवन नगर्नु।
२१. धम्मको कार्यमा तत्पर रहनु।
२२. गौरवशाली व्यक्तित्वमा ध्यान दिनु।
२३. नम्रताको शक्तिमा विश्वास राख्नु।
२४. पूर्ण रुपले सन्तुष्ट हुनु अर्थात तृप्त हुनु।
२५. कृतज्ञता कायम राख्नु।
२६. सधैं ज्ञानको प्यास राख्नु।
२७. क्षमाशील हुनु।
२८. आज्ञाकारी हुनु।
२९. भिक्षुजन, शिलवान लोकको दर्शन गर्नु।
३०. मनलाई एकाग्र राख्नु।
३१. मनलाई निर्मल गर्नु।
३२. सधै जागरुक भई राख्नु।
३३. पञ्चशीलको पालना गर्नु।
३४. चार आर्य सत्यको दर्शन गर्नु।
३५. आर्य आष्टांगिक मार्गमा हिड्नु।
३६. निर्वाणलाई साक्षात्कार गर्नु।
३७. लाभहानी, यश, सुखदुख, हारजीतबाट विचलित नहुनु।
३८. शोकरहित, निर्मल एवं निर्भयी हुनु।
३९. मृत्युको भयले दुखी नहुुनु।
४०. दृश्यमा विश्वास गर्नु।

Spread the love
  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares
You might also like
Comments
Loading...