ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Makawanpur
लाेकपाटी न्यूज
0 Shares

हेटौंडा, ७ असोज। मकवानपुरमा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाएको हो।

प्रहरीले दुई राउण्ड गोली हानेर आज बिहान ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान १ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोस्टको प्रहरीले चेकजाँचका लागि ना ६ ख १३१ नम्बरको ट्रकलाई रोकेको थियो।

ट्रकमा गाँजा तस्करी हुने गरेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो। काठमाडौंमा सामान पु¥याएर फर्किएका ट्रकलाई कडाइका साथ चेकजाँच गर्ने ‘माथिको निर्देशनानुसार’ रातोमाटे चेकपोस्टका प्रहरी जवान सञ्जीवकुमार दास चेकजाँचका लागि ट्रकमा चढेका थिए।

तर, ट्रक चालक अफ्रिक चौधरीले प्रहरी जवान दास चढ्नेवित्तिकै ट्रक अगाडि बढाए। प्रहरीले ‘रोक, रोक’ भन्दा भन्दै उनले ट्रकको स्पीड बढाए। चेकपोस्टबाट भागेको ट्रकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले घेरा हालेर गोली चलाइ नियन्त्रणमा लियो। प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका २९ घर भएका चौधरीको देब्रे खुट्टामा २ वटा गोली लागेको छ।

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले ट्रकबाट ७९ किलो ८ सय ग्राम बराबरको १४ पोका गाँजा बरामद गरेको छ। हेटौंडा, ७ असोज। मकवानपुरमा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।  प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाएको हो।

प्रहरीले दुई राउण्ड गोली हानेर आज बिहान ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान १ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोस्टको प्रहरीले चेकजाँचका लागि ना ६ ख १३१ नम्बरको ट्रकलाई रोकेको थियो।

ट्रकमा गाँजा तस्करी हुने गरेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो। काठमाडौंमा सामान पु¥याएर फर्किएका ट्रकलाई कडाइका साथ चेकजाँच गर्ने ‘माथिको निर्देशनानुसार’ रातोमाटे चेकपोस्टका प्रहरी जवान सञ्जीवकुमार दास चेकजाँचका लागि ट्रकमा चढेका थिए।

तर, ट्रक चालक अफ्रिक चौधरीले प्रहरी जवान दास चढ्नेवित्तिकै ट्रक अगाडि बढाए । प्रहरीले ‘रोक, रोक’ भन्दा भन्दै उनले ट्रकको स्पीड बढाए। चेकपोस्टबाट भागेको ट्रकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले घेरा हालेर गोली चलाइ नियन्त्रणमा लियो।

प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका २९ घर भएका चौधरीको देब्रे खुट्टामा २ वटा गोली लागेको छ। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले ट्रकबाट ७९ किलो ८ सय ग्राम बराबरको १४ पोका गाँजा बरामद गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्