अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनद्वारा दशैंको शुभकामना

morisen
लाेकपाटी न्यूज

सिड्नी, १२ असोज। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना दिएका छन्। आइतबार घटस्थापनाको दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री मोरिसनले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गरेका छन्।

दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेको अष्ट्रेलियाको बहुसँस्कृतिको याद आउने उनले उल्लेख गरेका छन्।
उनले विभिन्न देशबाट आएर बसोबास गरिरहेका हिन्दु समुदायले अष्ट्रेलियालाई पृथ्वीकै सबैभन्दा शान्तिपूर्ण र बहुसाँस्कृतिक राष्ट्र बनाएको भन्दै धन्यवाद दिएका छन्।

साथै आस्था र पृष्ठभूमि जे भए पनि एकअर्कालाई स्वीकार र सम्मान गर्दै विशेषाधिकार तथा जिम्मेवारी हामी सबैलाई मिलोस् भनेर अष्ट्रेलियाले प्रतिज्ञा गरेको उनले बताएका छन्।

1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्