Spread the love
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

टेबलटेनिस खेलका लागी खेलाडी छनोट

0

काठमाडौं,१३ असाज। नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ। पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन्। महिलातर्फ प्रहरीका नविता श्रेष्ठ र एलिना महर्जन, नेपाली सेनाका रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन्।

पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन्। “श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर पाउने छन्”, प्रथम उपाध्यक्ष बज्राचार्यले बताए।

Spread the love
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares
You might also like
Comments
Loading...