Spread the love
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

अस्ट्रेलियासँग विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, को-को परे टीममा ?

0

काठमाडौं, १४ असोज। फिफा विश्वकप सन् २०२२ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। प्रशिक्षक योहान कालिनले घोषणा गरेको अस्ट्रेलियाविरुद्धको टोलीमा डिफेन्डर सुमन अर्याल र फरवार्ड नवयुग श्रेष्ठको पुनरागमन भएको छ।

यसअघि चाइनिज ताइपेविरुद्धको खेलामा अर्याल र श्रेष्ठ टिममा थिएनन्। चाइनिज ताइपेविरुद्ध खेलेका रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन्। विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आगामी अक्टोबर १० (असोज २३ गते) अस्ट्रेलियासँग खेल्दै छ।

समूह ‘बी’मा रहेको नेपालले अहिलेसम्म २ वटा खेल खेलिसकेको छ। पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले हार व्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध २-० को जीत निकालेको थियो। ताइपेविरुद्धको खेलमा जीत निकालेको नेपालले अंक तालिमकामा ३ अंक जोडेको छ।

समूह ‘बी’को अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको कुवेत पहिलो, १ खेलबाट ३ अंक जोडेको अस्ट्रेलियो दोस्रो, १ खेलबाट ३ अंक जोडेको जोर्डन तेस्रो र २ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छन्। चाइनिज ताइपे भने अंक तालिकाको पुछारमा छन्।

नेपाल अस्ट्रेलियासँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। पूर्वएसियन च्याम्पियन रहिसकेको अस्ट्रेलिया फिफाको विश्व वरियतामा ४४ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल,

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्डः विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल

Spread the love
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares
You might also like
Comments
Loading...