Spread the love
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

दशैंमा इन्धन अभाव हुँदैन : आयल निगम

0

काठमाडौं, १६ असोज। नेपाल आयल निगमले दशैंमा इन्धन अभाव नहुने बताउँदै उपभोक्तालाई असुरक्षित भण्डारण नगर्न आग्रह गरेको छ। चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको निगमले जनाएको छ।

खपत बढे पनि निगमका सबै डीपोहरुमा इन्धन भण्डारण पूर्ण क्षमताअनुसार रहेकाले अभाव सिर्जना नहुने निगमका प्रमूख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले बताए। दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए। यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ। यसका अलवा डीपोहरुमा इन्धन पुयाएर फर्किने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ। यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको छ। यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ। यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छ।

Spread the love
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares
You might also like
Comments
Loading...