प्रचण्डले गृहमन्त्री घरमै बोलाएर भने : कृष्णबहादुर महरा प्रकरणको निष्पक्ष छानबिन गर्नू

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं : कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेकोबारे निष्पक्ष छानबिन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।

सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘उक्त प्रकरणले व्यापक चर्चा पएपछि अध्यक्षले गृहमन्त्रीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभएको हो।’

महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जानकारी दियो।

गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए।

महरालाई गत आइतबार शाहीको कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप लगेको छ। महराविरुद्ध शाहीले यौन दुर्व्यहार गरेको उजुरी दर्ता गरेकी छन्।

यौन दुर्व्यवहारको आरोप लागेसँगै महराले सभामुखबाट राजीनामा दिएका छन्। उनलाई नेकपाको सचिवालय बैठकले राजीनामा दिन सुझाव दिएको थियो।

नेपाल प्रहरीले उक्त प्रकरणमा छानबिन थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्