Spread the love
  • 141
  •  
  •  
  •  
  •  
    141
    Shares

सभामुखको सरकारी निवासबाटै महरा पक्राउ

0

काठमाडौं : सभामुख रहेकै बेला कृष्णबहादुर महरालाई संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएसँगै महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै प्रहरीले आइतबार पक्राउ गरेको हो।

महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको थियो।

गत आइतबार रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएका थिए। त्यसपछि उनले सभामुखबाट राजीनामा दिएका थिए।

आफूलाई बलात्कार गरेको भनेर सार्वजनिक भएकी शाहीले पछि महराले आफूलाई केही पनि नगरेको बताएकी थिइन्। तर, प्रहरीले स्वास्थ्य परीक्षण र बयान लिएपछि भने उनले महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता गरेकी थिइन्।

महराविरुद्ध प्रकाउको अनुमति माग्दै प्रहरी आइतबार जिल्ला अदालत काठमाडौं पुगेको थियो। अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

Spread the love
  • 141
  •  
  •  
  •  
  •  
    141
    Shares
You might also like
Comments
Loading...