Spread the love
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार 

0

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ। “शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य” जुटाउन उनले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो।

ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको हो।

Capture

Spread the love
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares
You might also like
Comments
Loading...