Spread the love
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

न्युयोर्कको एक क्लबमा गोली चल्यो, चारको मृत्यु

0

काठमाडौं, २६ असोज। न्यूयोर्कको एक क्लबमा गोली चलेको छ। गोली चल्दा चार जनाको मृत्यु भएको छ। शनिबार भएको सो घटनामा अन्य ३ जना घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।

न्यूयोर्कको बु्रकलिनस्थित क्लबमा गोली चलाउनेको खोजी भइरहेको प्रहरीको दाबी छ।  कसले र किन गोली चलायो भन्ने खुलेको छैन। स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ।

बिहानै चलेको गोलीका कारण चार जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ।

Spread the love
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares
You might also like
Comments
Loading...