Spread the love
  • 76.5K
  •  
  •  
  •  
  •  
    76.5K
    Shares

‘कम्युनिष्टहरु बिलासी जीवन त्याग्नुपर्छ, भ्रष्टाचारविरुद्ध लड्नुपर्छ’

0

सी चिनफिङ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको प्रस्तुत लेख सन् २०१४ को जनवरी १४ मा प्रकाशित लेख हो। सी चिनफिङ विचारधाराबारे नेपालमा पनि चर्चा परिचर्चा छ। वास्तवमा सी चिनफिङ विचारधारा के हो भन्ने कुरा गहिराइमा बुझ्न यो लेख पनि उपयोगी हुने भएकाले यहाँ प्रकाशित गरिएको छ। नेपालको सत्तारुढ नेकपाभित्र गहिरिँदो भ्रष्टाचार र विकृति रोकथाम गर्न यो लेख नेकपाका नेताहरूको लागि पनि पठनीय हुनेछ। – सम्पादक

पार्टीले आफ्नो आचरणलाई अवलोकन गर्नुपर्छ र आफूलाई कडा अनुशासनमा सञ्चालन गर्नुपर्छ अनि पार्टीको आचरणलाई सुधार्नका लागि इमानदारीलाई समर्थन गर्न र भ्रष्टाचारका विरुद्ध लड्नका लागि पार्टीको नेतृत्वलाई बलियो बनाउनुपर्छ भन्ने सिद्धान्तलाई हामीले अनुसरण गर्नुपर्छ। भ्रष्टाचारविरुद्ध राम्ररी लड्नका लागि हामीले हाम्रा संस्थाहरूलाई सुधार्नुपर्छ । हामीले राजनीतिक र बौद्धिक शिक्षाका हाम्रा प्रयत्नहरूलाई दोब्बर बढाउनुपर्छ, कडा पार्टी अनुशासनलाई मजबुत पार्नुपर्छ, औपचारिकतावाद, कर्मचारीतन्त्र र विलासीपन, फजुल खर्चलाई हटाउनुपर्छ, भ्रष्टाचारलाई निर्मूल गर्न कठोर हुनुपर्छ र जनताका मागहरूको सम्बोधन गर्नुपर्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले २०१३ मा पार्टीको आफूले आचरण सुधार्ने, इमानदारीलाई प्रश्रय दिने र भ्रष्टाचारविरुद्ध लड्ने कुरालाई प्राथमिकतामा राख्यो। केन्द्रीय समितिले गरेको निर्णय र बनाएको योजनासित अनुकूल हुने गरी पार्टीको अनुशासनलाई सुदृढ पारेर, खास गरेर राजनीतिक अनुशासनलाई मजबुत बनाएर, निरीक्षणलाई बाध्यकारी रुपमा वृद्धि गरेर र भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको जाँच बुझमा सुधार गरेर र तिनलाई कानुनी दायरामा ल्याएर भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लडेको छ।

पार्टी समितिहरूका, सरकारी संयन्त्रहरूका, अनुशासन आयोगहरूका र निरीक्षण एजेन्सीहरूका संयुक्त प्रयासबाट सबै तहमा पार्टीको आचरणमा सुधार ल्याउने, स्वच्छ सरकारको सुनिश्चितता गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने काममा प्रगति भएको छ। राजनीतिक विभागको उदाहरणीय भूमिकालाई जोड दिँदै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक विभागबाट अभियान सुरु भयो। ज्वलन्त समस्याहरूलाई समाधान गरेर हामीले दुराचारलाई निर्मूल गर्न र इमानदारीलाई प्रवर्धन गर्न सुरु गर्यौँ र यी कार्यमा हामीले उल्लेखनीय प्रगति गरेका छौँ। भ्रष्टाचारका मुद्दामा दृढतापूर्वक काम गर्दा हामीले ‘बाघहरू’ र त्यसरी नै झिँगाहरूलाई पनि समातेका छौँ र यसरी भ्रष्टाचारी कर्मचारीविरुद्ध एउटा मजबुत दृष्टिकोणको विकास गरेका छौँ।

निरीक्षण र अनुशासनलाई बलियो बनाएका छौँ र जनताका उजुरी र अनुगमनका लागि मार्गप्रशस्त गराएका छौँ।

हाम्रा प्रवृत्तिहरूलाई संस्थागत गर्दा हामी के कुरामा समेत सचेत हुनुपर्छ भने अझै पनि भ्रष्टाचारका लागि अनुकूल वातावरणहरू विद्यमान छन् । भ्रष्टाचार विरुद्धको लडाइँ एउटा गम्भीर र जटिल चुनौती हो। दुराचार र भ्रष्टाचारको उदाहरणहरूले समाजमा प्रतिकूल असर पारेका छन् र तिनीहरूलाई तत्कालै सम्बोधन गरिनुपर्छ। सम्पूर्ण पार्टीले के बुझ्नुपर्छ भने भ्रष्टाचार विरुद्धको लडाइँ दीर्घकालीन, जटिल र कठिन कार्य हो। हामी हाम्रो प्रतिज्ञामा दृढ रहनुपर्छ र अन्त्यसम्म अभियान सञ्चालन गर्नका लागि ठूलो साहस प्रदर्शन गर्नुपर्छ। गम्भीर रोगको उपचारका निम्ति औषधिको कडा मात्रा लिएजस्तै अराजकतालाई सम्बोधन गर्न हामीले कडा नियमहरू लागू गर्नुपर्छ।

सजाय र रोकथामद्वारा भ्रष्टाचारविरुद्ध लड्न स्वस्थ पद्धतिको विकासले हाम्रो राष्ट्रिय रणकौशलको प्रतिनिधित्व गर्दछ। २०१३ मा केन्द्रीय समितिले ‘सजाय र रोकथाम दुवै विधिबाट भ्रष्टाचारविरुद्ध लड्ने पूर्ण पद्धति स्थापनार्थ कार्य योजना २०१३–२०१७ जारी गर्यो। यो त्यो प्रलेख हो जसले हाम्रो रणकौशलको मार्ग निर्दिष्ट गर्दछ। सबै तहका पार्टी समितिहरूले उक्त प्रलेखका सबै भागलाई अक्षरशः कार्यान्वयन गर्नुपर्छ, जुन सुधार विकास र स्थायित्वका लागि हाम्रो प्रयासका माध्यमद्वारा गरिएको एउटा महत्वपूर्ण राजनीतिक कार्य हो।

पार्टी र जनताबीचको घनिष्ट सम्बन्ध कायम राख्ने सम्बन्धमा यसलाई हामीले अभियानभन्दा बाहिरको कुराका रुपमा लिन र यसअघि जे गरिएको छ त्यसैमा सन्तुष्ट हुने कुरा सोच्नेजस्तो व्यवहार गर्न सक्दैनौँ। यो एउटा अविच्छिन्न र अनवरत प्रयास हुनुपर्छ। सौभाग्यवश हामीले यसअघि नै निर्वाध रूपमा एउटा असल थालनी गरिसकेका छौँ र यसलाई यहाँबाट कदम कदम अगाडि बढाएर जान सक्छौँ। यदि हामी स्वच्छ पार्टी संस्कृतिको विकास गर्न चाहन्छौँ भने सर्वप्रथम हामीसित दृढ विश्वास हुनुपर्छ र मनमा पार्टीको प्रगतिको, आधारभूत लक्ष्यको र पदाधिकारीहरूका आवश्यकताको ख्याल राख्नुपर्छ। पार्टीको नेतृत्वमुनि रहेका पदाधिकारीहरूका रूपमा हामीले जनताका हित र व्यक्तिगत हितलाई छुट्याउनुपर्छ र जनताको हितलाई व्यक्तिगत हितभन्दा अगाडि राख्नुपर्छ।

यदि हामीले सधैँ जनताको हितका लागि काम गर्न सक्यौँ भने मात्र हामी हाम्रो आचरणमा इमानदार हुन सक्छौँ र अधिकार प्रयोग गर्ने काममा होसियार हुन सक्छौँ। व्यक्तिगत चाहनाहरू र जनताका आकाङ्क्षाहरू पूरा गर्ने सन्दर्भमा भ्रष्टाचार, सार्वजनिक कोषको सार्वजनिक हितका लागि खर्च गरिनुपर्छ। राज्यशक्तिलाई जनताको हितका लागि सञ्चालन गरिनुपर्छ र यसलाई व्यक्तिगत हितको साधनका रुपमा कहिल्यै पनि प्रयोग गरिनु हुँदैन। अधिकारीहरूले यो कुरा सँधै मनमा राख्नुपर्छ। सार्वजनिक र व्यक्तिगत चाखका बीचमा सुस्पष्ट भिन्नता बनाउनुपर्छ, आफूलाई जनताको सेवामा समर्पण गर्नुपर्छ र कडा आत्म अनुशासन लागू गर्नुपर्छ।

भ्रष्टाचारविरुद्ध दृढतापूर्व लड्नु र पार्टीलाई शक्तिको असीमित अधिकारद्वारा भ्रष्टीकरण र अधोपतनबाट रोक्नु दुईवटा प्रमुख राजनीतिक कार्य हुन्। यस विषयमा हामीले कठिन परिश्रम गर्नुपर्छ। हामीहरू भ्रष्टाचार निर्मूल गर्ने कुरामा दृढ रहनुपर्छ र यसका निम्ति शून्य सहनशीलता प्रदर्शन गर्नुपर्छ। एक पटक कुनै भ्रष्टाचारी अधिकारीको पहिचान भइसकेपछि, हामीले विस्तृत छानबिन गर्नुपर्छ। भ्रष्टाचारलाई रोक्न र नियन्त्रण गर्नका लागि महत्वपूर्ण कुरा यसको विकासको प्रारम्भिक अवस्थामा नै रोग पत्ता लागिसकेपछि तदारुकताका साथ उपचार गरे जसरी नै, पत्ता लाग्नेबित्तिकै, भ्रष्टाचारका समस्याहरूलाई सम्बोधन गर्ने कदम चाल्नुपर्छ।

भ्रष्टाचारविरुद्ध कदम चाल्न गरिने कुनै पनि प्रकारका ढिलासुस्तीले अरु बढी जटिल समस्याहरूतिर अग्रसर गराउने छ र त्यसो हुन दिनुहुन्न। हरेक अधिकारीले तपसिलका कुरालाई मनमा राख्नुपर्छ। “जनताको सन्दुसया हात हाल्ने कोसिस नगर किनभने चोरी गर्ने हात कुनै हालतमा पनि समातिन्छ र मानौँ त्यसमा पुग्नै सकिंदैन कि झैं गरी, असल कुराको विषयमा सोच मग्न हुन, खराब कुरा सोच्नु र त्यसबाट पर हट्नु, भकभक उम्लेको पानीमा हात डुबाएर झिक्नुजस्तै हो।” भ्रष्टाचारीहरू भ्रष्टाचारको सजायबाट उम्कने आशामा भाग्यमाथि विश्वास गर्नुभन्दा पार्टीको अनुशासन र राज्यको कानुनबाट डराउनुपर्छ।

अरु बढी सुधारका काम गरेर हामीले पार्टीको आचरण सुधार्नु र इमानदारीलाई प्रोत्साहन दिएर भ्रष्टाचारविरुद्ध लड्नुपर्छ। हामीले पार्टीको अनुशासन अनुगमन पद्धतिलाई सुधार्नुपर्छ, भ्रष्टाचारविरुद्ध लड्ने पद्धति र संयन्त्रमा सुधार गर्नुपर्छ, हेलचक्याइँ विरुद्धको अनगुमनलाई दोब्बर बनाउनुपर्छ, सत्ताको दुरुपयोगलाई रोक्नुपर्छ र अनुशासन अनुगमन समितिको स्वतन्त्रतालाई सबै तहमा सुनिश्चित गरिनुपर्छ। हामीले अधिकार प्रयोग गर्नका लागि शक्ति सन्तुलनमा सुधार गर्नुपर्छ, शक्तिको वैज्ञानिक बाँडफाँड गर्नुपर्छ र एउटा प्रभावकारी ढाँचा तयार गर्नुपर्छ। हामीले नेतृत्वमा रहेका अधिकारीहरूमाथि विशेष ध्यान दिएर र तिनीहरूले आफ्ना अधिकार कसरी प्रयोग गर्छन् भन्ने कुरामा विशेष ध्यान दिएर, भूलवश गर्ने गल्तीप्रति सतर्कतापूर्वक कडाइ गर्नुपर्छ र नेतृत्वभित्र एक अर्काको निरीक्षणलाई गहन बनाउनुपर्छ।

हामीले पारदर्शितामा वृद्धि गर्नुपर्छ, कानुनअनुरुप शक्ति अभ्यास भइरहेको छ भन्ने कुरालाई सार्वजनिक गर्नुपर्छ र शक्ति ठीक किसिमले प्रयोग भइरहेको छ भन्ने कुरा सुनिश्चित गर्न जनतालाई अवलोकन गर्न दिनु्पर्छ। भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी समितिहरू कर्तव्यनिष्ठ हुनुपर्छ, पार्टी अनुशासन आयोगहरूले अनुगमनको दायित्व वहन गरेको हुनुपर्छ। हाम्रा संस्थाहरूलाई बाहिरी देखावटी रुपका मात्र हुनबाट रोक्नका लागि तिनीहरू सबैले उत्तरदायित्वपूर्ण पद्धतिलाई मजबुत गर्नुपर्छ। सबै पार्टी समितिहरू पार्टी अनुशासन अनुगमन आयोग र अरु सान्दर्भिक विभागहरूले तिनीहरूका उत्तरदायित्व पूरा गर्नुपर्छ। सुधारका कदमहरूलाई अवलम्बन गर्नका लागि दण्ड र रोकथाम दुवै तरिकाले भ्रष्टाचारविरुद्धको लडाइँको विस्तार गर्नेदेखि लागू गर्नेसम्मका सबै छिद्रहरू बन्द गर्ने र सुधारको एकनासको प्रगति गर्नेजस्तै गरी सबै तहमा भ्रष्टाचार विरुद्धको लडाइँमा एकैसाथ लाग्नुपर्ने कुरा हामीले मनमा लिनुपर्छ।

पार्टी अनुशासनप्रतिको हाम्रो आज्ञाकारिता सर्तरहित हुनुपर्छ। हामीले हाम्रा वाणीलाई कार्यरुपमा फेर्नुपर्छ र पार्टी अनुशासनलाई पूर्ण रुपमा लागू गरिएको छ र कुनै पनि प्रकारको अनुशासन उल्लङ्घन माथि छानबिन गरिन्छ भन्ने कुरा सुनिश्चित हुनुपर्छ। हाम्रा उपलब्धिहरूलाई हामीले दराजको कुनामा थन्क्याइने धुले प्रलेख हुन दिनुहुन्न। सबै तहका पार्टी सङ्गठनहरूले पार्टीका राजनीतिक सिद्धान्तहरूलाई मान्नुपर्छ भन्ने आवश्यक छ र यस्तो सजगतामा वृद्धि गर्नुपर्छ र सबै तहमा पार्टीका सङ्गठनहरूले पार्टीको राजनीतिक अनुशासनलाई पालना गर्नुपर्ने कुरामा सजगता बढाउनुपर्छ र सबै तहमा अनुशासन आयोगहरूले सबै पार्टी सदस्यहरू बौद्धिक र राजनीतिक रुपमा अनि त्यसरी नै तिनीहरूका व्यवहारमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिसित सम्बद्ध छन् भन्ने कुरा सुनिश्चित हुनुपर्छ र सबै तहमा अनुशासन अनुगमन आयोगहरूले तिनीहरूका प्राथमिकतालाई पार्टीको राजनीतिक अनुशासनको सुरक्षाकवचका रुपमा हेर्नुपर्छ।

पार्टीले आफ्नो सङ्गठनबाट आफ्नो शक्ति प्राप्त गरेको हुन्छ र त्यसबाट निरन्तर रुपमा शक्ति प्राप्त गरिरहेको हुन्छ। हामीले पार्टीको साङ्गठनिक अनुशासनलाई र पार्टी भावनालाई वृद्धि गर्नुपर्छ, जुन एउटा दृढ भावनाको कुरा हो। हामी कम्युनिस्टहरू, खासगरी नेतृत्वमा रहेका अधिकारीहरू उदार मनमा हुनुपर्छ र हामीले उच्च लक्ष्य लिनुपर्छ। हामीले सधैं पार्टी, जनता र देशको हितलाई मनमा राख्नुपर्छ र होसियारी र इमानदारीपूर्वक पार्टी भावनालाई समर्थन गर्नुपर्छ र हाम्रा सिद्धान्तहरूप्रति दृढतापूर्वक जोड दिनुपर्छ।

सबै पार्टी सदस्यहरूले सधैँ के कुरा स्मरण गर्नुपर्छ भने सर्वप्रथम हामी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हौँ र हाम्रो प्रथम कर्तव्य यसको लागि काम गर्नु हो, यसप्रति इमानदार रहनु हो र जति बेला पनि आफूलाई यससित एकाकार गराउनु हो। सबै पार्टी सदस्यहरूले सधैँ के सम्झनुपर्छ भने हामी सङ्गठनका हिस्सा हौँ र सङ्गठनप्रति विश्वास गर्नु, भरपर्नु र आज्ञाकारी हुनुपर्छ, सङ्गठनात्मक व्यवस्थापन र अनुशानसम्बन्धी नियमनलाई हार्दिकतापूर्वक स्वीकार गर्नुपर्छ र पार्टीको एकतालाई रक्षा गर्नुपर्छ।

जनवादी केन्द्रीयता र अन्तरपार्टी सङ्गठनका क्रियाकलापहरू पार्टीका महत्वपूर्ण पक्ष हुन् र यिनीहरूको पूर्णरूपमा कार्यान्वयन गरिनुपर्छ। नेतृत्वपङ्क्ति र सबै तहका अधिकारीहरूले रिपोर्टिङ पद्धतिलाई कठोरतापूर्वक अनुसरण गर्नुपर्दछ । हामीले पार्टी सदस्यहरूको साङ्गठनिक व्यवस्थापनलाई मजबुत बनाउनुपर्छ र सबै पार्टी सदस्यहरू र अधिकारीहरूलाई पार्टी सङ्गठनप्रति सही दृष्टिकोण विकास गर्नका लागि हाम्रा कामलाई आफ्नो बोली अनुरुप मिलाउँदै, साँचो बोल्दै र सङ्गठनको शिक्षालाई अँगाल्दै र निरीक्षण गर्दै पथ प्रदर्शन गर्नुपर्छ। सबै तहका पार्टी सङ्गठनहरूले साङ्गनिक अनुशासनलाई पूर्णरुपमा अवलोकन गर्नुपर्छ। यस सम्बन्धमा आपत्ति जनाउनुहुँदैन र पार्टीलाई विविधताको शक्तिशाली केन्द्रका रुपमा सुरक्षित गर्नका लागि पार्टी अनुशासन उल्लङ्घन गर्ने कार्यलाई दुरुत्साहित गर्ने र सुधार्ने नैतिक बल हुनुपर्छ।

केन्द्रीय समितिले बनाएका नीति र योजनाहरू, पार्टी सङ्गठनका विभागहरू, जनवर्गीय सङ्गठनहरू, संयुक्त मोर्चा विभाग र कानुनी, खरिद–बिक्रीसम्बन्धी र सार्वजनिक सुरक्षा अङ्गहरूले मात्र होइन जनकाङ्ग्रेसका पार्टी सङ्गठनहरू, सरकार, जनअदालत र सबै तहका वकिल कार्यालयहरूलगायत सार्वजनिक संस्थाहरूमा रहेका पार्टी सङ्गठनहरूले यससम्बन्धमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यस्ता सबै पार्टी सङ्गठनहरूले यस सम्बन्धमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। सामान्यतया पार्टी सङ्गठन पार्टी समितिहरूप्रति उत्तरदायी हुनुपर्छ, उनीहरूका कामको रिपोर्टिङ पार्टी समितिहरूमा हुनुपर्छ र पार्टी समितिको नेतृत्वमा उनीहरूले आफ्नो काम र कर्तव्य पूर्ण रुपमा सम्पादन गर्नुपर्छ।

टिप्पणीहरू :

१. चेन यी : “तिम्रो हात तिम्रो आफ्नै गोजीमा राख।” छन् यीका छानिएका कविताहरू, चिनियाँ संस्करण, जनसाहित्य प्रकाशन गृह, बेइजिङ १९७७, पृ.१५५। चेन यी (१९०१–१९७२) एकजना चिनियाँ सर्वहारावादी सैन्य कमान्डर र राजनीतिक नेता, जनमुक्ति सेनाका संस्थापकमध्ये एक र जनगणतन्त्र चीनका मार्सलहरूमध्ये एक थिए।

२. कन्फ्युसियसका उक्तिहरू (लुन यु)।

Spread the love
  • 76.5K
  •  
  •  
  •  
  •  
    76.5K
    Shares
You might also like
Comments
Loading...