दरबारमार्गकाे क्लब भिक्ट्रीमा भीषण आगलागी

लाेकपाटी न्यूज

काठमाडौं, २६ असाेज। दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्रीमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

प्रहरी स्राेतका अनुसार अहिलेसम्म क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगो के कारण लाग्यो भन्ने पनि अहिलेसम्म खुल्न सकेकाे छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्