कार्तिक ४ मा युवा विज्ञान–प्रविधि तथा नवप्रवर्तन सम्मेलन

ecologico-energia-solar-ciudad-mano-que-sostiene-
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ असोज। आगामी कार्तिक ४ देखि ६ गतेसम्म विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ। केन्द्रीय राजधानी काठमाडौँमा आयोजना हुन लागेको उक्त सम्मेलनमा विज्ञान प्रविधि तथा नवप्रवर्तन लगायत विभिन्न विषयमा छलफल हुने नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए।

त्यस्तै राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले यस सम्मेलनले स्वास्थ्य एवं औषधि, जल एवं उर्जा, खाद्य एवं कृषि, यातायात एवं पर्यटन, सूचना एवं सञ्चार प्रविधि, वातावरण, विपद जोखिम न्यूनीकरण, मौलिक ज्ञान एवं प्रविधि, आधारभुत एवं व्यवहारिक विज्ञान, उदीयमान प्रविधि, स्वच्छ एवं हरित विज्ञान, अर्थशास्त्र तथा व्यवस्थापन, नीति तथा दर्शनशास्त्र सम्बन्धी प्रस्तुतिहरु समेटिने बताए।

उनले परिषद्ले यसअघि पनि युवा सम्मेलन गरेको भए पनि यो सम्मेलन फरक खाले वैज्ञानिकहरूको भएकाले पहिलो भएको बताए। त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्रेष्ठका अनुसार यो विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन पहिलो हो।

सम्मेलनको मुख्य आयोजकका रुपमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद् रहेको छ। तिनदिने सम्मेलन काठमाडौंको लाजिम्पाट स्थित होटल र्याडिसनमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

उद्घाटन सत्र वा पहिलो दिन सम्मेलनमा ५०० संख्यामा उपस्थिति रहे पनि सम्मेलनमा अन्य दिन ३०० जनाको पूर्ण सहभागिता रहने अपेक्षा रहेको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्