एनआरएनए निर्वाचन : कुन पदमा काे निर्वाचित ? (सूचिसहित)

111
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ कात्तिक। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचन सकिएकाे छ। निर्वाचन सकिएसँगै हिजाे शुरु भएकाे मतगणना पनि आज बिहान सकिएकाे छ।

निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश उनको समूहले विजय हासिल गरेको छ । पन्तले उनका प्रतिस्पर्धी कुलप्रसाद आचार्यलाई पछि पार्दै विजय प्राप्त गरेका हुन्। पन्तले १२१७ मत प्राप्त गरे भने आचार्यले १०७० मत पाए ।

यस्तै, निर्वाचनमा उपाध्यक्ष पदमा हिक्मत थापा, ड. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन् ।

त्यस्तै, महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका थिए ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।

को को भए बिजयीः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्