प्रिमियर लिगमा आज आठ खेल हुँदै (तालिकासहित)

lig
लाेकपाटी न्यूज

काठमाडौं, २ कात्तिक । इंग्लीस प्रिमियर लिगमा आज आठ खेल हुँदैछन्। आज म्यानचेस्टर सिटी, टोटनह्याम, चेल्सीजस्ता बलिया टोली मैदान उत्रनेछन्।

प्रिमियर लिगमा आठौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंक तालिका अनुसार लिभरपुल शत प्रतिशत जित हासिल गर्दै शीर्ष स्थानमा छ। लिभरपुलको २४ अंक छ।

लिगमा म्यानचेस्टर सिटी १६ अंकसहित दोस्रो स्थानमा छ भने १५ अंक भएको आर्सनल तेस्रो स्थानमा छ।
समान १४-१४ अंक भएका लेस्टर सिटी र चेल्सी क्रमश चौथो र पाँचौं स्थानमा छन्।

खेल तालिका नेपाली समय अनुसार

१. एभर्टन र वेस्ट ह्याम युनाइतेडः साँझ ५ बजेर १५ मिनेटमा

२. बर्नमाउथ र नवविच सिटीः राति ७ बजेर ४५ मिनेटमा

३. एस्टन भिल्ला र ब्राइटनःराति ७ बजेर ४५ मिनेटमा

४. चेल्सी र न्युक्याश्चल यूनाइटेडः राति ७ बजेर ४५ मिनेटमा

५. लेस्टर सिटी र बर्नलीः राति ७ बजेर ४५ मिनेटमा

६. टोटनह्याम र वाटफोर्डः राति ७ बजेर ४५ मिनेटमा

७. उल्भरह्याम्टन र साउथह्याम्पटनः राति ७ बजेर ४५ मिनेटमा

८. क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीः राति १० बजेर १५ मिनेटमा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्