आयोजना निर्देशक खत्रीको बिदाइ

kukl-pid
लाेकपाटी न्यूज

काठमाडौं। काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले निवर्तमान आयोजना निर्देशक तिरेश प्रसाद खत्रीको बिदाइ गरेको छ।

बिदाइ कार्यक्रमलाई निर्देशनालयका आयोजना उप-निर्देशक मिलन कुमार शाक्य, आयोजना प्रबन्धक सुरत कुमार बम, निर्देशनालयको सुरक्षण इकाइका प्रमुख लक्ष्मी पन्त भट्ट, अर्थ प्रबन्धक रविन कोइराला, निर्देशनालयका आयोजना व्यवस्थापनविद ध्रुव राज रेग्मी, डिजाइन सुपरभिजन कन्सल्टयान्ट-०६ का टोली नेता पास्कल ज्यान्सेन लगायतले सम्बोधन गरेका छन्।

उनीहरुले आयोजना निर्देशकको रूपमा खत्रीले प्रदर्शन गरेको योग्दानको प्रशंसा गरे। उनको नेतृत्वमा निर्देशनालयले उपत्यकाभित्र मेलम्ची आयोजना अन्तर्गतका धेरै संरचनाहरूको निर्माण गर्न सकेको उनीहरुको भनाइ थियो। साथै वक्ताहरूले निर्देशनालयको आयोजना निर्देशकको रूपमा सफलता हासिल गरेजस्तै बोर्डको कार्यकारी निर्देशकको पद सम्हालिसकेपछि मेलम्ची सुरूङको बाँकी रहेको काम सम्पन्न गरी उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन उनी सक्षम हुने विश्वास प्रकट गर्दै सफल कार्यकालको शुभकामना दिए।

उक्त अवसरमा उप-निर्देशक मिलन कुमार शाक्य, आयोजना प्रबन्धक सुरत कुमार बम, सुरक्षण इकाइका प्रमुख लक्ष्मी पन्त भट्ट, डिजाइन सुपरभिजन कन्सल्टयान्ट-०६ का उप-टोली नेता नन्द बहादुर खनाल लगायतले निर्देशक खत्रीलाइ मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमको समापनका क्रममा छोटो मन्तव्य दिँदै निर्देशक खत्रीले विगतमा झैँ सबैको साथ पाएमा आफू पदीय दायित्व पुरा गर्न सफल हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्