गाईकाे दूध दहीले क्यान्सर निकाे हुन्छ

लाेकपाटी न्यूज

काठमाडौं। परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ। यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो।

अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरियारोग गोरसबाट निको भएको प्रमाणित गरेको हो। शास्त्रमा भनिएको पनि छ ‘शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं’ अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो। स्थानीय गाई गोरुमा जुरो हुन्छ। स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन्।

स्थनीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) गर्ने काम गर्छ। यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ। सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ। यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेका गोब्रती योगी सोमराजले बताए।

स्थानीय गाईको दूधमा ओमेगा तीन नामक तत्व पाइन्छ जसले स्मरण शक्ति बढाउने काम गर्दछ। त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन। गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ जुन एन्टी क्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ। यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ। गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पुर्‍याउँछ ।

इटालीमा प्रा. जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका छन्। नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, किड्नी फेल ९मृगौला रोग० आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन्। ‘गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य बैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ,’ सोमराजले भने।

ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धानबाट प्रमाणित गर्न थालेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। ‘हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए, बीचमा अध्ययन र प्रचारप्रसारको कमीले गाईको महत्व ओझेलमा परेको थियो’, उनले भने ‘यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कृत्यमा गोदानको विधि रहेको हो’।

यसका विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन अनुसन्धान सुरु गर्दैछन्। धर्तीका लागि गाईको गोबर अमृत मानिने भएकाले बृहत रुपमा गाईको संरक्षण गरिसकेपछि सयौँ बिघा जमिनमा अग्र्यानिक खेती गर्न सकिन्छ । गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ। गाईको घ्यूले बढेको कोलेस्ट्र्रेल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गरेका छन्। सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरुमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ। इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा. शान्तिलाल साहले भैंसीको दूधमा लोङ्चन फ्याट बढी हुने तथ्य प्रमाणित गरे। जसले नशा जमेर अवरुद्ध हुँदा हृदयाघातको समस्या देखापर्छ। यसैले उनले गाईको दूध हृदय रोगीहरुका लागि वरदान सावित भएको अनुसन्धानबाट प्रमाणित गरेका छन्।

गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी पाँचवटा गोमूत्रबाट बन्ने औषधीको पेटेन्ट राइट लिएको गोव्रती सोमराजले बताए। भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीको पेटेन्ट राइट लिएको छ। गाईको घ्यू पनि उत्तिकै औषधीय गुणले युक्त छ। गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ। प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्‍याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्‍याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्