उपचुनाव : चर्चित उम्मेदवारले गरे मतदान

Biddya Bhattrai
लाेकपाटी न्यूज

काठमाडौं, १४ मंसिर। प्रमूख सत्तारू दल नेकपाको कास्की २ की उम्मेदवार विद्या भट्टराईले पनि मतदान गरेकी छिन्। उनले पोखरा ३३ को शान्ति उदय मावि पुगेर मत हालेकी हुन्। उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन्।

त्यस्तै, कास्की २ कि साझा पार्टीकी उम्मेदवार रजनी केसीले पनि भोट हालेकी छिन्। नवीन स्कूल, गैर्हापाटन, पोखरा पुगेर केसीले बिहान ७ बजे मतदान गरेकी हुन्।

धरान उपमहानगरपालिकाका सत्तारूढ नेकपाका उम्मेदवार प्रकाश राईले पनि मतदान गरेका छन्। कांग्रेस उम्मेदवार तिलक राईले भने मतदान गर्न बाँकी छ।

यस्तै कास्की क्षेत्र नम्बर २ कांग्रेस उम्मेदवार खेमराजले भने आफैंलाई मत हाल्न पाउने छैनन्। उनी कास्की क्षेत्र नम्बर ३ भुम्दीवासी हुन्।