सांसद कोईरालाद्धारा बजेट विनियोजन, कुन क्षेत्रमा कति ?

Aasha koerala pic
लाेकपाटी न्यूज

वि.वि श्रेष्ठ\ तनहुँ, १८ मंसिर। गण्डकी प्रदेश सांसद आशा कोईरालाद्धारा आर्थिक वर्ष २०७६/७७ को निर्वाचन क्षेत्र नं २ (क) तनहुँको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको बजेट विनियोजन गरेकी छिन्। तनहुँ क्षेत्र नं २(क) नेकपाबाट निर्वाचित भएकी आशा कोईरालाले निर्वाचन क्षेत्र विकासमा विभिन्न क्षेत्रहरुमा बजेट विनियोजन गरेकी हुन्।

जसअन्र्तगत गलेखामकोट मन्दिर निर्माण व्यास ६ गलेखाममा १० लाख, माहेन्दी आधारभुत विद्यालय व्यास ६ मादीवेशीमा १० लाख, पाटन खेलमैदान निर्माण व्यास, ५ पाटनमा १० लाख, सगरमाथा आम समुह, भवन निर्माण व्यास ६ वाह्रविसेमा २ लाख, कालभैरव मन्दिर रेलिङ्ग तथा परिशर निर्माण म्याग्दे ५ मुलावारीका लागी ८ लाख, सालघारी गाँउस्वारा मोटरमार्गका लागी ८ लाख, वरचौर सामुदायिक भवन निर्माणका लागी ७ लाख, आठ शहिद स्मृति अतिथी स्वागत गृह का लागी ८ लाख वजेट विनियोजन गरिन्।

यसैगरी सांसद कोइरालाले एकदेव आले स्मृति अतिथी स्वागत गृहका लागि ८ लाख, एकदेव आले स्मृति पर्यटन मार्गका लागी ५ लाख, जामुने वजार राधा मावि मार्ग कालोपत्रे गर्नका लागि १० लाख, घुम्ति सामुदायिक भवन निर्माणका लागि ३ लाख, विश्वकर्मा मन्दिर परिसर सामुदायिक भवन निर्माणका लागि ३ लाख, दलित सामुदायिक भवन निर्माणका लागी २ लाख, वेलौतेडाँडा सामुदायिक भवन निर्माणका लागि २ लाख, भृगृ त्रिवेणीधाम शवदाह गृह निर्माणमा ३५ लाख, शुक्ला नागढुङ्गा शवदहन गृह निर्माणका लागि २५ लाख, नयाँगाँउ सामुदायिक भवन निर्माण शुक्लागण्डकीका लागी १० लाख विनियोजन गरेकी छिन्।

त्यस्तैगरी, शुक्ला मार्ग पक्की नाली निर्माणका लागि १० लाख, शहिद गीता मार्ग पक्की नाली निर्माणका लागी ७ लाख, शेरावेशी सानीभयाङ्ग मोटरमार्गका लागि ५ लाख, वाङ्गराङ्ग खेलमैदान निर्माणका लागी ५ लाख, मान्द्रै लहरे मोटरमार्ग स्तरवृद्धि शुक्लागण्डकी का लागि ५ लाख, सानीभयाङ्ग-रातीमाटी फुलवारीमार्गका लागि २ लाख र फिर्दी सितलटोल मार्ग शुक्लागण्डकी पाटनका लागि २ लाख विनियोजन गरेकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्