ऋतिक रोशन बने एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’

ritik roshan
लाेकपाटी न्यूज

एजेन्सी। एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न बलिउड अभिनेता ऋतिक रोशन सफल भएका छन्। बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो।

बहुप्रतिभाशाली ऋतिक नृत्य, अभिनयमा मात्रै होइन दर्शकको सकारात्मक प्रतिक्रियामा पनि निकै अगाडि छन्।
उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो।
कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहान्छु।

यस्ता सर्वेमा एक जनाको मात्रै निर्णय हुँदैन यसले मानिसहरुले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुन्छ।’ उनले भनेका छन्, ‘कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुन्छ। जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसको उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ।

म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गर्छु।’ उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘वार’ र ‘सुपर ३०’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए। उनी बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्