Spread the love
  • 149
  •  
  •  
  •  
  •  
    149
    Shares

कोहली कसरी बने विश्वकै अब्बल क्रिकेटर ? पढ्नुहोस् उनको संघर्षपूर्ण जीवनी

0

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान हुन् विराट कोहली । उनी सबै फर्म्याटका कप्तान हुन् । विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा पंजाबी परिवारमा भएको थियो । उनको पिता प्रेम कोहली एक अपराधिक वकिल थिए भने माता सरोज कोहली एक गृहिणी हुन् । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनको परिवारका अनुसार कोहली ३ वर्षका हुँदा नै हातमा क्रिकेट ब्याट समाउन थालिसकेका थिए । र, पितालाई बलिङ गर्न लगाउँथे । त्यसकै प्रतिफल उनी अहिले संसारकै अब्बल क्रिकेटरको रुपमा चिनिन्छन् ।

कोहली उत्तम नगरमा हुर्के र विशाल भारती पब्लिक स्कूलबाट शिक्षा लिए । सन् १९८८ मा पश्चिमी दिल्ली क्रिकेट एकेडेमी बन्यो । कोहली ९ वर्षको उमेरमै एकेडेमीमा भर्ना भए । कोहलीको क्रिकेटप्रतिको लगाव देखेर छिमेकीहरुले पिता प्रेमलाई भन्ने गर्थे कि छोरालाई गल्लीमा होइन एकेडेमीमा लगेर व्यवसायिक क्रिकेट सिकाउन लग्नुस् । राजीवकुमार शर्मासँग कोहलीले प्रशिक्षण लिए र सुमित डोरा एकेडेमीमा म्याच पनि खेले ।

९ कक्षामा उनी सविएर कन्वेन्टमा राखियो ताकि उनको क्रिकेट प्रशिक्षणमा सहयोग मिल्न सकोस् । खेलका साथै कोहली पढाइमा पनि अब्बल थिए । उनलाई शिक्षकहरुले एक होनहार बुद्धिमान बच्चा भन्ने गर्थे ।

सन् २००४ को अन्त्यतिर उनी Under 17 Delhi Cricket Team को सदस्य बने । र, उनले Vijay Merchant Trophy खेले । यस चार म्याचको सिरिजमा उनले ४५० भन्दा बढी रन बनाएका थिए र उनले एक म्याचमा नटआउट २५१ रन बनाएका थिए । अर्को वर्षको उक्त ट्रफीमा उनी चर्चा चुलियो । त्यसबेला उनले ७ खेलमा ७५७ रन बनाएर सर्वाधिक रनको किर्तिमान बनाए । यस प्रतियोगितामा विराट कोहलीले ८४.११ मा रन बनाएका थिए जसमा २ शतक पनि सामेल थिए ।

जुलाई २००६ मा विराट कोहली भारतको Under-19 Cricket टोलीमा अटाए । उनको पहिलो विदेश टूर इंग्ल्याण्ड थियो । उक्त इंग्ल्याण्ड टूरमा उनले तीन एक दिवसीय म्याचमा १०५ रन बनाएका थिए । यसै टूरमा तीन टेष्ट म्याचमा उनले ४९ रनको औसतमा रन बनाएकाथिए । भारत त्यसबेला दुवै सिरिज जितेर घर फर्केको थियो । सोही वर्षपछि विराटले १९ वर्षमुनिको क्रिकेटमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि उनको प्रतिभा देखेर उनलाई १९ वर्षमुनिको टिममा स्थायी रुपमा राखियो ।

१८ डिसेम्बर २००६ मा ब्रेन स्ट्रोकको कारण उनको पिताको मृत्यु भयो । आफ्नो प्रारम्भिक जीवन याद गर्दै कोहलीले भनेका थिए, ‘मैले आफ्नो जीवनमा धेरै कुरा देखेँ । मैले युवावस्थामा पिता गुमाएँ । जसले पारिवारिक व्यापार पनि डगमगाएको थियो । जसकारण हामी भाडामा बस्नु परेको थियो ।’

उनी एक मध्यक्रमका ब्याट्सम्यान हुन् र दायाँ हाते मध्यम गतिका बलर पनि । उनी प्रथम श्रेणीको क्रिकेटमा दिल्लीको प्रतिनिधित्व गर्छन् र इंडियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स ब्याङ्लोरका कप्तान हुन् । उनले वेस्ट दिल्ली क्रिकेट एकेडेमीको लागि पनि खेले । कोहलीले सन् २००८ मा एक दिवसीय अन्र्तराष्ट्रिय क्रिकेट शुरुआत गरे र उनी सन् २०११ को विश्वकप जित्ने टिमका सदस्य समेत थिए । एकदिवसीय टिममा नियमित हुँदै गर्दा कोहली किंग्सटनमा वेस्ट इंडिजविरुद्ध २०११ मा आफ्नो पहिलो टेस्ट खेले । कोहली २०१२ मा आइसीसी वानडे प्लेयरका प्राप्तकर्ता थिए । नोभेम्बर २०१२ मा उनले पहिलोपटक एक दिवसीय क्रिकेटमा ब्याटिङतर्फ शीर्षस्थान पाए ।

करियरको शुरुवात

कोहली चर्चामा आए जतिबेला उनी आफ्नो पिताको मृत्युको दिन कर्नाटकविरुद्ध रणजी ट्रफी म्याचमा दिल्लीका लागि खेलिरहेका थिए । कोहली मलेसियामा आयोजित २००८ मा यु १९ विश्वकपमा विजयी भारतीय टिमका कप्तान थिए । उनले चार नम्बरमा ब्याटिङ गर्दै ४७ रनको औसतमा ६ खेलमा २३५ रन बनाएका थिए । जसमा उनले वेस्ट इंडिजविरुद्ध शतक पनि प्रहार गरेका थिए । उनी आफ्नो हरेक म्याच गम्भीरतापूर्वक लिन्छन् । कोहलीले अष्टे«लियामा २००९ मा इमर्जिङ प्लेयर्स टूर्नामेंटमा भारतको जीतमा महत्वपूर्ण भूमिका निभाएका थिए । दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा कोहलीले शतक हानेका थिए । र, भारत १७ रनले विजयी बनेको थियो ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि कोहलीलाई कप्तानीको जिम्मा दिइएको थियो ।

कोहलीको प्रदर्शन

उनले टेस्ट क्रिकेटमा ६ हजार ३३१ रन बनाइसकेका छन् । जसमा २४ शतक र ६ दोहोरो शतक समावेश छन् । त्यस्तै उनले १९ वटा अर्धशतक समेत प्रहार गरेका छन् ।

एक दिवसीय क्रिकेटतर्फ फर्केर हेर्दा उनी विश्वकै सफल क्रिकेटरमा गनिन्छन् । उनले एक दिवसीय क्रिकेटमा १० हजार २३२ रन बनाएका छन् । जसमा ३८ शतक र ४८ अर्धशतक समावेश छन् ।

टी ट्वान्टीमा उनले २ हजार १०२ रन बनाएका छन्, जसमा १८ अर्धशतक सामेल छन् ।

उनले टेस्ट र एक दिवसीय गरी अहिलेसम्म ६२ शतक लगाएका छन् । यो अहिले खेलिरहेका क्रिकेटरहरुमध्ये सबैभन्दा बढी हो । सचिनले टेस्ट र एक दिवसीय गरी सय शतक हानेका छन् । उनले सन्यास लिइसकेका छन् ।

आइसीसीको वरियताअनुसार कोहली अहिले टेस्ट र एक दिवसीयतर्फ शीर्षस्थानमा रहेका छन् ।

विराट कोहलीको विवाह सन् २०१७ मा चर्चित बलिउड अभिनेत्री अनुष्का शर्मासँग भयो ।

Virat Kohli

Spread the love
  • 149
  •  
  •  
  •  
  •  
    149
    Shares
You might also like
Comments
Loading...