मेलम्ची आयोजनामा परेका ११४ गुनासाहरु सम्बोधन

Melamchi Project
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न तहमा गुनासो सुनुवाइ समितिहरू गठन तथा सञ्चालन गरिरहेको छ। निर्देशनालय मेलम्ची आयोजना सम्बद्ध प्रभावित व्यक्तिहरू, परिवारहरू तथा समुदायहरूबाट प्राप्त गुनासा सम्बोधन गर्न उक्त समितिहरू सञ्चालन गरिरहेको छ।

गुनासाहरूको अभिलेखीकरण, विश्लेषण तथा सम्बोधन गर्नको लागि कर्मचारीहरूलाई अभिमुखीकरण तालीम पनि दिने गरिएको आयोजनाले जानकारी दिएको छ। निर्देशनालयले स्थानीय तहहरूबाट प्राप्त क्षति (जस्तै बालीनालीको क्षति, संरचनागत क्षति, क्षतिपूर्ति) तथा सामाजिक तथा वातावरण सम्बन्धी गुनासाहरूको अध्ययन गर्छ। ती गुनासहरु स्थानीय तहमा सम्बोधन नहुने अवस्था भएमा सम्बद्ध तहहरूमा पठाइन्छ। यस संयन्त्रले प्रभावित पक्षहरूका चासोहरू सम्बोधन गर्न विश्वसनीय वातावरण सिर्जना गर्ने विश्वास आयोजनाले लिएको छ।

हालसम्म गुनासो सुनुवाइ संयन्त्र मार्फत आएका ४ सय ४७ गुनासाहरू मध्ये एक सय १४ गुनासाहरू सम्बोधन गरिसकिएको आयोजनाले जनाएको छ। ती गुनासाहरू घरधारा जडानमा छुटपुट/घरधारा जडानसम्बन्धी सूचनाको अभाव, सेवासम्बन्धी संरचनाहरूको मर्मत, सडक पूनस्थापना, संरचनागत क्षति, बालीनालीको क्षति, निर्माण सामग्रीहरूको व्यवस्थापन लगायतका विषयहरूसँग सम्बन्धित रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्