वुहानका नेपालीलाई छिटो फर्काउन आयोगको निर्देशन

manabadhikar aayog
लोकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीलाई जोखिमबाट जोगान भन्दै सरकारलाई आयोगले यस्तो निर्देशन दिएको हो ।

वुहानमा रहेका नेपालीका अभिभावकले आइतबार आयोगमा ज्ञापनपत्र बुझाएका थिए । त्यसलगत्तै बसेको आयोगको आकस्मिक बैठकले आफ्ना नागरिकलाई सुरक्षित रूपमा छिटो स्वेदश फर्काउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

‘चीनमा रहेका नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमै बन्दीजस्तो जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएकाले जति लामो समय चीनमा रह्यो त्यती नै उनीहरू संक्रमणको जोखिममा रहन्छन्,’ बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय समितिले चीनमा रहेका नेपालीको उद्धार गर्न र उनीहरूलाई दुई हप्ता सुरक्षित ठाउँ ९क्वारेन्टाइन०मा राख्न ६ करोड खर्च लाग्ने प्रस्ताव तयार गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पेस हुनेछ ।

मुख्यसचिव रेग्मीको संयोजकत्वमा सिंहदरबारमा आइतबार भएको छलफलमा सम्बन्धित मन्त्रालयहरूले बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । नेपालले यस्तो समस्या पहिलोपटक भोगेकाले निर्णय लिन समय लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्