म्यानचेस्टर युनाइटेडको सहज जित

लोकपाटी न्यूज

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेको छ । शीर्ष चारमा पर्ने होडमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नान्डेस, एन्थोनी मार्सल र म्यानसन ग्रिनवुडले गोल गरेका हुन् । ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा फेर्नान्डेसले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाए । ५८ औँ मिनेटमा मार्सल तथा ७५ औँ मिनेटमा ग्रिनवुडले गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।

यो खेलमा पेनाल्टी मार्फत पहिलो गोल गरेका फेर्नान्डेस गएको जनवरीमा स्पोर्टिङ्ग लिस्बोनबाट युनाइटेड आएका हुन् । उनले इंग्लिस क्लबका लागि पहिलो गोल गरेका हुन् । जितपछि म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ४१ अंक भएको छ । छैटौँ स्थानमा झरेको टोटनह्यामको ४० तथा चौथो स्थानको चेल्सीको ४४ अंक छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्