इटालीमा कोरोना संक्रमितको संख्या ५० प्रतिशतले बृद्धि

corona
लोकपाटी न्यूज

काठमाडौं। इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ। आइतबार कोरोना भाइरसको संक्रमण ५० प्रतिशतले बृद्धि भएको इटालीका स्वास्थ्य अधिकारीले बताएका हुन्।

इटालीमा कोरोना संक्रमितको संख्या १६ सय ९४ पुगेको छ। शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो । इटालीमा कोरोनाका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

चीनसहित एसिया बाहिरका देशमा सबैभन्दा बढी कोरोनाको संक्रमण हुने देश इटाली हो। इटालीको मिलान आसपासका क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्