‘म सच्चा राष्ट्रवादी नेता हुँ’ : एकनाथ ढकाल

eknath dhakal
लाेकपाटी न्यूज

काठमाडौं । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले आफूलाई असुरक्षा बढेको र एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गालीगलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने काम भएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका ढकालले सम्मेलन गरेर कुनै गलत काम नगरेको दाबीका साथ आफूविरुद्ध लागेका आरोपहरु पुष्टि भएमा झुण्डिएर मर्न तयार रहेको बताएका छन् । आफूनिकटको एक अनलाइन पोर्टललाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘म विरुद्ध लागेका आरोपहरुको निन्दा गर्न चाहन्छु । म के प्रष्ट रुपमा भन्न चाहन्छु भने ती आरोपहरु पुष्टि गर्न चुनौती दिन्छु । देश, नेपाली जनता र राष्ट्रको अहितमा कुनै काम भएको छ भने एकनाथ ढकाल टुँडिखेलमा झुण्डिएर मर्न तयार छ ।’

सम्मेलनपछि चरम विवादमा तानिएका ढकालले विविध प्रश्नहरुको उत्तर दिँदै आफू र आफ्ना गुरु फादर मुन (सन म्योंग मुन) को बचाउ गरेका छन् । सुरुमा फादर मुन अमेरिकामा गतिविधि गर्दा जेल परेको र पछि अमेरिकी कंग्रेसबाटै पुरस्कार समेत पाएको उनको दाबी छ ।

ढकालले आफूलाई सच्चा राष्ट्रवादी भन्दै कहिल्यै पनि देश र जनताको अहितमा काम नगरेको जिकिर समेत गरेका छन् । उनले आफूहरुको मिसन केवल धर्म प्रचार गर्नु मात्र नरहेको दाबी गर्दै आए पनि उनका छद्म गतिविधिहरुले यस कुराको पुष्टि गरिरहेकै छन् ।

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले युपीएफका विवादास्पद र छद्म गतिविधिप्रति आपत्ति जनाउँदै संस्थालाई नेपालमा प्रतिबन्ध लगाउन माग समेत गरिसकेका छन् । यसअघि नै राप्रपाका कमल थापा, नयाँ शक्तिका डा बाबुराम भट्टराई, विवेकशील साँझाका नेताहरु, नेमकिपालगायतका नेताहरु र स्वयं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता भीम रावल, घनश्याम भुषाललगायतले युपीएफका गतिविधिसँग सरकारको आबद्धतामाथि गम्भीर प्रश्न उठाइसकेका छन् ।

सुरुमा ढकालले युपीएफ र आफ्नो राजनीतिक संगठन नेपाल परिवार दलमा आबद्ध सबैले युनिफिकेशन चर्चका नियम मान्नैपर्ने र फादर मुनको धर्मशास्त्र अँगाल्नुपर्ने नियम लादेका थिए । विवाद बढ्दै जान थालेपछि अहिले भने यसमा आबद्धहरुलाई धर्मान्तरणलाई अनिवार्य गरिएको छैन । त