राष्ट्रपति भण्डारीको ‘ट्वीट विज्ञप्ति’

bidhyadevi bhandari
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित बताएकी छन् ।

उनले मंगलबार आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत आग्रह गरेकी छन् । राष्ट्रपतिको ट्वीट विज्ञप्तिलाई लिएर प्रयोगकर्ताले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् ।

यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो ।

विज्ञप्ति हेर्नुहोस् :

Tweet of President

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्