प्रदेश सरकारलाई ६ दिन बिदाको अधिकार

Prithivi-subba-gurung
लाेकपाटी न्यूज

पोखरा, १२ पुस । गण्डकी प्रदेशमा गुरुङहरुले मनाउने साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।

लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले सो घोषणा गरेका हुन् । संघीय सरकारले कम्तीमा ६ दिन विदा दिनका लागि प्रदेश सरकारलाई अनुमति दिएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताए ।

उनले प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताए । तमु ल्होसार नजिकिँदै गरेको बेला मूख्यमन्त्रीले एक हप्ता लामो विदा दिने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्