प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल हुँदै

Cholendra Rana
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुस । शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका नौ वटा उजुरीमाथि छलफल हुँदैछ।

समितिले दिउँसो ३ बजे छलफलका लागि उजुरीकर्तालाई बोलाएको छ । संवैधानिक परिषद्को मंसिर २७ गतेको बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

यही पुस २ गते १० दिने म्याद राखेर संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको गरेको थियो । बिहीबार मात्रै समितिले उनीविरुद्ध परेका उजुरी खोलेको थियो । समितिले नाम अनुमोदन गरेमा उनी नेपालको २८ औं प्रधानन्यायाधीश बन्नेछन् ।

समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो १७ गतेदेखि अवकाश पाउँदैछन् ।