नेकपा अध्यक्ष प्रचण्डद्धारा विजेता महर्जनलाई सहयोगको प्रतिवद्धता

Prachanda_1
लाेकपाटी न्यूज

ललितपुर, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । खेलाडी महर्जन अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।

अध्यक्ष प्रचण्डले शारीरिक सुगठन लगायतका खेलहरुमा सरकार र पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । थाइल्याण्डमा आयोजित प्रतियोगिताका विजेता महर्जन आइतबार प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएका थिए । सोही अवसरमा प्रचण्डले शारीरिक सुगठनमार्फत नेपालको नाम विश्वस्तरमा चिनाएको भन्दै बधाई दिएका हुन ।

साथै उनले विजेता महर्जनको उत्कृष्ट कौशलले नेपाल र नेपालीको शीर गौरवले उच्च भएको बताउँदै विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट महर्जनको प्रस्तुतीले नेपाली पनि अवसर पाएमा कम छैनन भन्ने स्पष्ट पारेको बताएका छन् ।

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको दाबी गर्दै प्रचण्डले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएका थिए ।