नेकपा कार्यदलकाे बैठक : कार्यसूचिमा के छ ?

CPN_Party_office
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कार्यदलको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठित कार्यदलको पहिलो बैठक सोमबार अपरान्ह ३ बजे बस्न लागेको हो ।

गत शुक्रबार स्थायी समिति बैठक समापनको दिन ९ सदस्यीय कार्यदल गठन गरिएको थियो । सोमबारको बैठकमा दुवै अध्यक्ष सहभागी हुने बताइएको छ ।

बैठकमा अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिन सक्नेछन् ९ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल रहेका छन् ।

गएको जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । पार्टी एकता भएको लामो समय बित्दा पनि तत्लो तहका एकताको काम अझै बाँकी छ । पार्टीले हालसम्म प्रदेश कमिटीको मात्र एकता टुंग्याएको छ ।