बलिउडका तीनै खान फ्लप, कम लगानीका फिल्म हिट

Three Khans
लाेकपाटी न्यूज

एजेन्सी । सन् २०१८ मा बलिउडका तिन वटै खान फ्लप भए । सलमानको फिल्म ‘रेस ३’ले सोचेअनुरुप कमाउन सकेन । यसले समीक्षक र दर्शकको आलोचना खेप्नुपर्‍यो । फिल्मले लगानी उठाएर राम्रै व्यापार गरेपनि आमदर्शकले भने चित्त बुझाउने अवस्था रहेन ।

यस्तै आमिर खानलगायतका कलाकारको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’पनि फ्लपको सूचीमा सामेल भयो । फिल्म करिब ३०० करोडको लगानीमा बनेको हो । तर, फिल्मले लगभग १५० करोड मात्र कमायो । फिल्म पूर्णरुपमा असफल भयो ।

शाहरुख खानको प्रतिक्षित फिल्म ‘जिरो’ले पनि बक्स अफिसमा सय करोडका लागि संघर्ष गर्नुपर्‍यो । जबकी फिल्मको बजेट २०० करोड हो ।

अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ र ‘गोल्ड’ले पनि सोचेअनुसार प्रदर्शन गरेन । उता यसैवर्ष रिलिज भएका फिल्म ‘सोनू के टीटू की स्वीटी’, ‘स्त्री’, ‘बधाई हो’, ‘अंधाधुन’ र ‘राजी’ जस्ता फिल्म सफल भए । यसमा कुनै पनि ठूला अर्थात् चलेका कलाकार छैनन् । बजेट पनि कम थियो । तर, लगानीभन्दा लगभग पाँच गुणासम्म कमाए । अझ सानो लगानीमा बनेका फिल्ममा आयुष्मान खुराना र राजकुमार रावलाई मन पराइयो । यस वर्ष आयुष्मानको दुई फिल्म रिलिज भए-‘अंधाधुन’ र ‘बधाई’ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्