कोटेश्वर-कलङ्की खण्डमा धमाधम पुल निर्माण

https://lokpati.com/wp-content/uploads/2018/09/Kalankiunderpass_.jpg
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस । कोटेश्वर कलङ्की सडकखण्डमा चार वटा पुल निर्माण हुने भएको छ ।

तीन स्थानमा आकाशे पुल सडक निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडक खण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको हो ।

काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्याललेसडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी गरेकोमा चार स्थानमा काम शूरु भइसकेको जानकारी दिएका छन् ।

अन्य तीन स्थानमा ठेक्का सम्झौता भए पनि काम शुरु भइसकेको छैन भने खसीबजारमा भने अहिलेसम्म ठेक्का सम्झौता भएको छैन् ।
सडक निर्माण तोकिएको मिति मंसिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैँले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्