वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा मिस नेपाल खतिवडा

Shrinkhala Khatiwada4
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छिन् । राष्ट्रिय वाणिज्य बैंकले बुधवार उनलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार सिम नेपाल २०१८ खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्तिको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने छ । बैंकले भोलि दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

मिस वल्र्ड मा नेपालको प्रतिनिधित्व गरेकी श्रृंखला टप ५ बाट बाहिरिएकी थिइन् । चलचित्र क्षेत्रबाट अफर आए पनि त्यसलाई अस्वीकार गरेकी खतिवडा सामाजिक क्षेत्रमा रुची रहेको बनाउँछिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्