‘राजनीति शासकहरुका लागि रिजर्भ होइन’

Pope Fransis
लाेकपाटी न्यूज

भेटिकन सिटी, १७ पुस । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले बताएका छन् ।

राजनीति सबैको सम्लग्नताका लागि भएको उनको तर्क थियो । ‘हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,’ उनले भने, ‘जसरी ‘शहर’लाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ ।’

पोपले ५२ औँ विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्छ भने ।

शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उनले आग्रह गरे । पोप पाउल छैठौँले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्