हाम्रो बारेमा

0 Shares

[vc_row el_class=”.sub-page”][vc_column width=”3/4″ el_class=”.samachar-page .side-page .about-us”][vc_column_text el_class=”.about-us-head”]लाेकपाटी मिडियाकाे बारेमा[/vc_column_text][vc_column_text]भनिन्छ, ‘युद्धले कालखण्ड बदल्छ । तर, कलमले युग ।’ कुनै पनि सञ्चार माध्यम समकालीन समाजको दर्पण र शल्यक्रिया दुवै हो । तर, हामीकहाँ सञ्चार माध्यमलाई कतिले दर्पण र कतिले शल्यक्रियाको अर्थमा बुझ्ने गर्दछन् ।

सञ्चार माध्यमलाई दर्पणका अर्थमा लिँदा यसले वर्तमान बोल्दछ । तर, भविष्य बोल्दैन । त्यस्तै शल्यक्रियाको अर्थमा लिँदा भविष्यको आवाज बोल्दछ । तर, वर्तमानको धरातल बोल्दैन, त्यसको स्वामित्व लिँदैन । तसर्थ, हामीले सञ्चार माध्यमलाई दर्पण र शल्यक्रियाको तादाम्यका अर्थमा लिएका छौं ।

ठूला–ठूला आन्दोलन र सामाजिक जागरणहरुले हाम्रो व्यवस्था फेर्यो । तर, अवस्था फेरिएको छैन । राष्ट्रको अवस्था फेर्ने आकाङ्क्षा हाम्रो राष्ट्रिय कार्यभार हो । यसबाट सञ्चार माध्यम पनि अलग रहन सक्दैनन् । हाम्रो प्रयत्न नागरिकको अवस्था फेर्न सकारात्मक, रचनात्मक दवाव र शल्यक्रियामा केन्द्रित रहनेछ । हामी कसैको निरपेक्ष समर्थक वा विरोधीको भूमिकामा उभिने छैनौं ।

खाना आम वस्तु हो । तर, परिकार त्यसको बिशिष्टता । बजारमा सयौं अनलाइनहरु छन् । तर, तिनले पाठकसामू प्रस्तुत गर्ने समाचार, विचार, सूचना र सन्देशका विविधता हुन्छन् नै । हामी यो मान्यतामा स्पष्ट छौं । तथ्यका आधारमा सत्यको खोजी गर्नु तथा दलीय, समुदायगत वा क्षेत्रगत चश्माबाट माथि उठेर विषयवस्तुको सम्प्रेषण गर्नु हाम्रो सङ्कल्प हुनेछ ।

हाम्रो राजनीति, समाज, जीवनशैली र संस्कारमा काफी बदलाव आएको छ । पाठकहरुले त्यसको बिम्व सञ्चार माध्यममा खोज्नु बिल्कूलै जायज छ । लोकपाटी अनलाइनमार्फ्त पाठकका उल्लेखित आकाङ्क्षाहरुको सम्बोधन हाम्रो मूख्य कार्यभार हो । हाम्रा लागि पाठकहरु नै अभिभावक, न्यायाधीश र पथप्रदर्शक हुन् । तसर्थ, पाठकहरुको सुझाव र टिप्पणीलाई सधैं केन्द्रमा राखिनेछ ।

देश सङ्घीय प्रणालीमा गइसकेको छ । स्थानीय, प्रादेशिक, सङ्घीय तहमा सरकार, सदन र अदालतको अभ्यास हुँदैछ । सङ्घीयता अभ्यासको शैशवकालमा छ । यसको प्रयोगमा निखारत ल्याउन र अपेक्षित प्रतिफल दिने गरी सबै तहका जनप्रतिनिधिहरुलाई सकारात्मक सहयोग र रचनात्मक खबरदारीको खाँचो छ । हाम्रो ध्यान यस दिशामा पनि केन्द्रित हुनेछ ।

अनलाइनमा राजनीति, विचार/बहस, कला–साहित्य, जीवनशैली, सामान्य ज्ञान, रोचक विषय, विज्ञान र अन्वेषणका नयाँ तथ्यहरु, खेलकूद, सङ्घीय प्रणाली र यसका प्रभावहरु, अर्थतन्त्र, सुशासन, प्रशासन, प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका विषयहरु समावेश गरेका छौं । तथ्यका आधारमा सत्य सम्प्रेषण, प्रस्तुतिमा कलात्मकता, रचनात्मक विषयवस्तु, नयाँ तथ्यहरुको खोजी र मौलिकताले हाम्रो अनलाइन अरुभन्दा पृथक हुनेछन् ।

पाठकसँगको अन्तरक्रियाबाटै हामी परिस्कृत हुनेछौं, नयाँ तथ्यहरु उद्घाटित हुनेछन् र कलममा थप निखार आउनेछ । यसका लागि विगत वर्षझैं यहाँहरुको सहकार्य, सहयोग, सद्भाव र आलोचना सधैं अपेक्षित छ । यसका साथै हाम्रो लोकपाटी अनलाइनमा यहाँहरुका गहन विचार, विश्लेषण एवं रचनाहरु प्राप्त हुने नै छन् । हामीले स्तर, आवश्यकता र सन्दर्भमा आधारमा यहाँहरुका विचारलाई प्राथमिकतामा राख्नेछौं ।

हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं । हामीले विविध क्षेत्रमा दक्षता राख्ने विज्ञहरुको टीम निर्माण गरेका छौं । राजनीति, कला–साहित्य, कुटनीति एवं अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा र सामाजिक जागरण, खेलकूद, स्थानीय विकास, प्रशासन लगायतका क्षेत्रमा दक्षता राख्ने हाम्रो टीमलाई यहाँको भावना सम्बोधन गर्न प्रयत्न गर्नेछ, धन्यवाद ।

लोकपाटी मीडिया प्रा.लि.

काठमाडौं–३२, कोटेश्वर, नेपाल

(भाटभटेनी सुपरमार्केटको पछाडि)

दर्ता नं. – (९८८), सूचना विभाग

फोन नं. – ९८५११२९३००

Email : lokpatinews@gmail.com

लोकपाटी मिडिया टीम

मनहरि तिमिल्सिना (अध्यक्ष)
नवीन पोखरेल (सम्पादक)
सुजिता हमाल (न्यूज डेस्क)
लक्ष्मण दंगाल (न्यूज डेस्क)
रामहरि सेढाई (प्रदेश संयोजक)
भरत घिमिरे (प्रदेश संयोजक)
उपेन्द्र न्यौपाने (सम्वाददाता)
अस्मिना पाण्डे (सम्वाददाता)
रमेश भुसाल (सम्वाददाता)
राजु अर्याल (बजार व्यवस्थापक)
प्रा.डा. शोभाकान्त लामिछाने (स्तम्भकार)
डा. ऋषिराज अधिकारी (स्तम्भकार)
डा. निमानन्द रिजाल (स्तम्भकार)
डा. प्रेम आले (स्तम्भकार)
डा. भीमलाल गौतम (स्तम्भकार)
विनोदखण्ड तिमिल्सेना (स्तम्भकार)
दिनेश लिम्बु (स्तम्भकार)
धर्मराज खतिवडा (सल्लाहकार)
शिव कोइराला ‘ज्वाला’ (सल्लाहकार)
रहबर अन्सारी (सल्लाहकार)[/vc_column_text][/vc_column][vc_column width=”1/4″ el_class=”.popular-news”][bs-heading title=”सर्वाधिक लोकप्रिय” bs-show-desktop=”1″ bs-show-tablet=”1″ bs-show-phone=”1″][bs-text-listing-2 columns=”1″ hide_title=”1″ count=”6″ order_by=”popular” _help=”” tabs=”” pagination-show-label=”1″ pagination-slides-count=”3″ slider-animation-speed=”750″ slider-autoplay=”1″ slider-speed=”750″ bs-show-desktop=”1″ bs-show-tablet=”1″ bs-show-phone=”1″ paginate=”none”][bs-heading title=” ताजा खबर” bs-show-desktop=”1″ bs-show-tablet=”1″ bs-show-phone=”1″ show_title=”1″ icon=”” title_link=”” heading_color=”” heading_style=”default” bs-text-color-scheme=”” css=”” custom-css-class=”” custom-id=””][bs-text-listing-2 columns=”1″ hide_title=”1″ count=”6″ order_by=”date” _help=”” tabs=”” pagination-show-label=”1″ pagination-slides-count=”3″ slider-animation-speed=”750″ slider-autoplay=”1″ slider-speed=”750″ bs-show-desktop=”1″ bs-show-tablet=”1″ bs-show-phone=”1″ paginate=”none” title=”” icon=”” heading_color=”” heading_style=”default” category=”” tag=”” post_ids=”” offset=”” featured_image=”0″ ignore_sticky_posts=”1″ author_ids=”” disable_duplicate=”0″ time_filter=”” order=”DESC” _name_1=”” post_type=”” taxonomy=”” _name_2=”” cats-tags-condition=”and” cats-condition=”in” tags-condition=”in” tabs_cat_filter=”” tabs_tax_filter=”” tabs_content_type=”deferred” slider-control-dots=”off” slider-control-next-prev=”style-1″ ad-active=”0″ ad-after_each=”” ad-type=”” ad-banner=”none” ad-campaign=”none” ad-count=”” ad-columns=”1″ ad-orderby=”date” ad-order=”ASC” ad-align=”left” custom-css-class=”” custom-id=”” override-listing-settings=”0″ listing-settings=”” bs-text-color-scheme=”” css=””][/vc_column][/vc_row]