चेल्सीको सहज जीत

Chelsi's Player
लाेकपाटी न्यूज

काठमाडौं, २२ पुस । यस सिजन चेल्सी उत्कृष्ट लयमा छ । गएराति भएको एफए कपमा चेल्सीले नटिङहम फरेस्टलाई २-० गोलले हराएको छ ।

फरेस्टले पहिलो हाफमा चेल्सीलाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने खेलमा जम्न सकेन । खेलको ४९ औं मिनेटमा अल्भारो मोराटाले गोल गरे ।

खेलको ५९ औं मिनेटमा मोरोटा व्यक्तिगत दोस्रो गोल गरे । केही समय घाइते भएपछि फर्किएका मोराटाले सानदार प्रदर्शन गरिरहेका छन् । यो जीतसँगै चेल्सी अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्