‘ज्योति बसु प्रधानमन्त्री बन्दैनन्, ममता बनर्जी बन्छिन्’

mamta Banarjee
लाेकपाटी न्यूज

बंगाल, २२ पुस । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन् ।

अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री हुनुहुन्छ । अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएका हुन् । शनिबार अध्यक्ष घोषले भनेका छन्, ‘यदि बङ्गाली समुदायका नागरिकले भारतको प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता नै पहिलो र सक्षम व्यक्ति हुनुहुन्छ र त्यसका लागि उहाँ अरुभन्दा सक्षम व्यक्ति हुनुहुन्छ ।’

उनले थप भनेका छन्, ‘बेनर्जीले पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुहुन्छ र मलाई लाग्छ उहाँ नै भारतको सक्षम र योग्य प्रधानमन्त्री हुनुहुनेछ । यदि मलाई आफ्नो पार्टीबाट प्रधानमन्त्री को हुने भनी सिफारिश मागियो भने पनि मैले बेनर्जीलाई नै सबैभन्दा योग्य र एकमात्र उम्मेदवारका रुपमा सिफारिश गर्नेछु ।’

तर उनको यो अभिव्यक्तिलाई पार्टीभित्र भने अकस्मात भनिएको छ । उनले केही समयअघि गरेको टिप्पणीमा उनले ममता बेनर्जीको पश्चिम बङ्गालको यात्रामा गतिरोध उत्पन्न भएको र उनले सक्रिय रुपमा काम गर्न नसकेको भनी सार्वजनिक टिप्पणी गरेका थिए ।

अध्यक्ष घोषले थपेका छन्, ‘भारतीय कम्युनिष्ट पार्टी (माक्सिस्ट्) का नेता ज्योति बसु भारतको प्रधानमन्त्री हुन सक्नुहुन्न । तर, ममता बेनर्जीमा भने भारतको प्रधानमन्त्री बन्ने क्षमता छ ।’ बङ्गाल क्षेत्रबाट भारतले प्रधानमन्त्री प्राप्त ग-यो भने त्यो अत्यन्तै राम्रो हुनेछ र यो समुदायको सूचीमा बेनर्जी प्राथमिकतामा नै रहेको उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘एकपटक बसु पनि प्रधानमन्त्री हुने भनी नाम आएको थियो । तर पनि अहिले भने उहाँ त्यो सूचीमा हुनुहुन्न, किनभने उहाँलाई उहाँकै कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीको सूचीमा अहिले राखेको छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्