कक्षा १० का विद्यार्थीले बनाए पढाउने रोबोट

लाेकपाटी न्यूज

काठमाडौं ।  कलंकीको पिनाकल स्कलर्स एकेडमीको साइन्स प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिंग रोबोटको प्रदर्शन गरिएको छ ।

४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको निर्माण गरेका हुन। जसलाई नेपालकै पहिलो असिस्टेन्ट टिचिंग रोबोट पढाउने रोबोट भनिएको छ ।

कक्षा १० का विद्यार्थी लोसन पराजुली, कन्चन पोखरेल, विशाल खरेल र ओशिन दुराले बनाएको उक्त रोबोटको नाम दिदी राखिएको छ । विद्यालयले शनिबार आयोजना गरेको विज्ञान प्रदर्शनीमा उनीहरुले निर्माण गरेको उक्त रोबोट प्रदर्शन गरिएको हो ।

कलंकीको पिनाकल स्कलर्स एकेडमीका प्रिन्सिपल निमिराज घिमिरेले रोबोटले मानिसले दिएको निर्देशनलाई पालना गरेर आफूसँग भएको कम्प्युटरको सहायताले शिक्षण गर्न सक्ने बताएका छन् ।

४ फिट अग्लो उक्त रोबोट निर्माणमा १ लाख नगद खर्च भएको बताइएको छ । रोबोटले इन्टरनेटको प्रयोगबाट कक्षामा पुगेर भिडियो देखाइ शिक्षण गर्ने निर्माण समूहले जानकारी दियो । यस रोबोटलाई शिक्षकको सहकर्मीका रुपमा लिइएको छ । रोबोट हुँदा शिक्षक नचाहिने भने हाइन यसलाई निजयन्त्रण गर्न शिक्षकको आवश्यकता पर्दछ ।

विद्यालयका प्रिन्सिपल घिमिरेले एसईईको तयारीमा रहेका विद्यार्थीहरुले यति छोटो समयमा रोबोटको निर्माण गर्नु ठूलो उपलब्धि भएको बताएका छन् । प्रदर्शनीमा रोबोटले वरपरसम्म हिँडेर आफूसँग भएको कम्प्युटरमा भिडियो देखाई शिक्षण गरेको थियो ।

उक्त रोबोटमा स्थानीय सामग्रीका साथै केही विद्युतीय सामग्रीको प्रयोग गरिएको म्यानेजिंग डाइरेक्टर लोचन घिमिरेले बताए । विज्ञान प्रदर्शनीमा अन्य विद्यार्थीहरुले पनि आफूले बनाएका ज्वालामुखी, सौर्यमन्डल, स्काभेटर, पंखा, व्यवस्थित शहरलाई आफ्ना अभिभावकसमक्ष प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्