टेलिकमको प्रबन्ध दिर्नेशकमा अधिकारी

Dilli-Ram-Adhikari-Ntc
  • 6
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । नेपाल टेलिकमको प्रबन्ध दिर्नेशकमा डिल्ली अधिकारी नियुक्त भएका छन्।

तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारी हटाएको झण्डै चार महिनापछि सरकारले टेलिकमको प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

नवनियुक्त निर्देशक अधिकारीले नेपाल टेलिकमको समग्र विकासको योजना ल्याउने बताए । साउन अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक राजभण्डारीलाई हटाएपछि टेलिकम नेतृत्वविहीन थियो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बिई ९इलेक्ट्रोनिक्स० र इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा मास्टर गरेका अधिकारी नेपाल टेलिकमको १०औं तहको प्रबन्धक थिए । उनी प्राविधिक र व्यावसायिक विषयमा प्रबन्ध निर्देशक कार्यालयका सल्लाहकार थिए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशक सिफारिस समितिले उनीसहित पूर्वप्रबन्ध दिर्नेशक बुद्धि आचार्य र टेलिकममै कार्यरत संगीता अर्याललाई सिफारिस गरेको थियो । उनीहरुलाई पन्छाउँदै अधिकारी प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन्। टेलिकम कर्मचारी कार्यविधि अनुसार प्रबन्ध निर्देशकको कार्यकाल तीन वर्षको हुनेछ ।