लागूऔषधसहित ७ जना प्रहरी खोरमा

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । काठमाडौं, पर्सा र रुपन्देहीबाट अवैध लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित टोखा नगरपालिका-६ धापासी बस्ने ३० वर्षीय तिर्थनाथ उपाध्याय, कामपा-६ बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र कामपा-३ पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई लागूऔषध १० ग्राम ब्राउनसुगर, १० ग्राम चरेश, दुई थान चक्कु तथा लागूऔषध सेवन गर्न प्रयोग हुने विभिन्न किसिमका सामानहरु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा ७७ प ९९०६ र बा ९२ प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध तथा ४ लाख ७३ हाजर १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, शंकरापुर नगरपालिका-४ धुले बस्ने ४५ वर्षीय तुनुक दोर्जे लामालाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त लागूऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पर्टेवा सुगौली गाउँपालिका-४ बस्ने २२ वर्षीय अक्षय दहितलाई लागूऔषध गाँजा करिब ५ केजीसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचोक, पर्सा र सुरक्षा बेस क्याम्प सोलकपुर, पर्साबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त प्रहरी टोलीले पर्सा वीरगञ्ज महानगरपालिका-३१ सोलकपुरस्थित सडकमा ना २ ह २४७२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडीपट्टि झोलामा प्लास्टिकले बाँधी लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी चालक अक्षयलाई पक्राउ गरेको हो ।