फुटबलर रुनी पक्राउ

Wayne Rooney
लाेकपाटी न्यूज

एजेन्सी । चर्चित फुटबलर वायन रुनी पक्राउ परेका छन् । उनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडका स्ट्राइकर हुन् । सार्वजनिक स्थानमा मादकपदार्थ सेवन गरेको भन्दै गत डिसेम्बरमा उनी पक्राउ परेका हुन् ।

म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रुनीलाई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरिरहेको अवस्था गत डिसेम्बर १६ मा स्थानीय प्रहरीले पक्राउ गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेपछि रुनीलाई सार्वजनिक स्थानमा मादकपदार्थ सेवन नगर्ने बाचा गराएर छाडिएको छ । उनलाई २५ डलर जरिवाना तिराइएको समेत बताइएको छ । रुनी इंग्ल्यान्डका पूर्व कप्तान पनि हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्