कोहलीसँगको ‘ब्रेकअप’पछि गायिका नेहा डिप्रेशनमा

Neha Kakkar
लाेकपाटी न्यूज

एजेन्सी । वर्ष २०१८ मा बलिउडमा धेरै जोडीले वैवाहिक जीवनको सुरुआत गरे । तर, एक जना कलाकारको भने वर्ष २०१८ को अन्त्यमा आएर प्रेम सम्बन्ध चिप्लिएको छ ।

गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको प्रेम सम्बन्ध वर्षको अन्त्यमा टुटेको छ । ब्रेकअपपछि गायिका नेहा कक्कडले आफूलाई सम्हाल्न निकै गाह्रो बताएकी छन् ।

उनी निर्णायक रहेको ‘इन्डियन आइडल १०’ को सेटमा आफूलाई सम्हालन नसकेर सबैका अगाडि रोएको समेत देखियो । नेहा अहिले डिप्रेशनको शिकार भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहाले आफूलाई सम्हाल्न निकै प्रयास पनि गरिन् । उनले क्रिसमस र नयाँ वर्ष २०१९ सेलिब्रेट गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा अपलोडसमेत गरेकी थिइन् । यसबाट मानिसहरुलाई उनी ब्रेकअपको ह्याङबाट सम्हालिन खोज्दैछिन् भन्ने सन्देश दिइन् । तर, त्यसको दुई दिनमै नेहाले सामाजिक सञ्जाल इंन्टाग्राममार्फत आफू डिप्रेशनको शिकार भएको उल्लेख गरिन् ।

हिमांश कोहली र नेहा कक्कडबीचको सम्बन्ध के कारणले टुटेको हो भन्ने अझैसम्म पनि खुलेको छैन ।