लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

Traffic Police
लाेकपाटी न्यूज

रुपन्देही, २४ पुस । रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । खुला सीमाका कारण रुपन्देहीमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सो कदम चालिएको प्रहरीले जनाएको छ ।

छिल्लो एक हप्तामा प्रहरीले १३ जना लागुऔषधका कारोवारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये १० रुपन्देही, १/१ स्याङ्जा, खोटाङ र नवलपरासीका रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

बेलहिया नाकामा प्रहरीले कडाइ गरेपछि लागुऔषधका कारोवारीले अहिले नवलपरासीको सीमानाकाको प्रयोग गरी लागुऔषधको कारोवार गर्ने गरेको बताइएको छ । पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ