‘जन-चाहना अनुरुप काम भएन ’: गगन थापा

gagan Thapa
लाेकपाटी न्यूज

बनेपा, २४ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।

उनले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका हुन् । उनले भने ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।’

नेपाली काङ्ग्रेसको काभ्रेको नाला शेरामा मंगलबार भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । न युवाले बाहिर काम गर्न जान पाएको, न त देशमा नै बसर काम गर्न पाएको उनको भनाई छ ।

नेता थापाले नियम अनुसार संसधमा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए ।

प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने खालको नीतिमा प्रश्न गरे ।