मंगलबार प्याव्सन नवलपरासीका तीन कार्यक्रम

49517052_2023176611307008_1501255958041460736_n
लाेकपाटी न्यूज

नवलपरासी । प्याव्सन नवलपरासीले जिल्लाको सदरमुकाम परासीस्थित आर्दश माविका १६ जना दृष्टिविहिन विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । त्यस्तै जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका विरामीलाई फलफूल वितरण गरेको ।

सोमबार नै प्याव्सनले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ९ जनाले रक्तदान गरेको निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याव्सन नवलपरासीले २९ प्याव्सन दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको प्याव्सनका सचिव बिनिराम भुसालले दिए ।

प्याव्सन नवलपरासीका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षता तथा केन्द्रीय सदस्य यमबहादुर थापाको प्रमुख आतिथ्यमा परासीमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रामप्रसाद पाण्डे, प्रदेश सदस्यहरु धनराज चापागाई, राजकिशोर यादव, प्रमुख सल्लाहकार सुवर्ण न्यौपाने, सल्लाहकार तुलाराम पोखरेल,आर्दश माविका प्रधानाध्यापक अरविन्द पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै सोही कार्यक्रमकै अवसरमा आर्दश मावि सेमरीलाई दुर्घटना राहत बापत रु. ६० हजार प्याव्सनको तर्फबाट सहयोग पनि गरिएको थियो ।