के तपाईँ स्मार्टफोन ह्याङ्ग हुने समस्याबाट हैरान हुनुहुन्छ ?

लाेकपाटी न्यूज

काडमाडौं । अहिले प्रविधिले मान्छेको जीवनशैलीलाई सहज बनाइदिएको छ । प्रविधि मानव जीवनको अभिन्न अंग बनिसकेको छ ।

स्मार्ट फोन अहिले प्राय: सबै मानिसले बोकिरहेका हुन्छन् । उनीहरुले आफ्ना अफिसियल कामहरु पनि स्मार्ट फोनबाटै गरिरहेका हुन्छन् । तर, स्माट फोनमा आउने विभिन्न समस्याले फोनलाई ह्याङ्ग बनाइरहेको हुन्छ ।

प्रविधिमा देखिएका यस्ता समस्याले मान्छेको समय पनि उत्तिकै खर्च गरिरहेको हुन्छ फोन बनाउन धेरै पैसा खर्च गरिरहेका हुन्छन् । फोनले जीवनशैलीलाई सहज बनाए पनि यो समस्यामुक्त भने हुन सकेको छैन ।

यदि तपाईँ स्मार्टफोन ह्याङग हुने तथा तात्ने समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट मुक्ति पाउन यी पाँच उपाय अपनाउनुहोस ।

१.र्‍यामलाई सफा गर्नुहोस्

स्मार्टफोनको समयमा र्‍यामको भूमिका निकै बढेको छ । प्रायले फोन किन्ने बेला र्‍यामको क्षमता कति छ भनेर सोध्ने गर्छन् । तर, र्‍यामको भूमिकाबारे कमै व्यक्तिलाई हुन्छ ।

कम्प्युटरको जस्तै स्मार्टफोनको स्पीड पनि र्‍यामको क्षमतामा निर्भर हुन्छ । र्‍यामको काम रन टाइममा मेमोरीलाई स्टोर गर्नु हो जुन डिभाइस बन्द हुनेबित्तिकै सफा हुन्छ । हाम्रो फोन अक्सर खुल्लै रहन्छ । त्यसैले यसलाई बेलाबेला सफा गर्नु राम्रो हुन्छ । यसबाट हाम्रो फोन ह्याङ हुन र तात्नबाट जोगाउन सकिन्छ ।

२. जरूरी एपलाई मात्रै फोनमा राख्नुहोस्

जबसम्म हाम्रो स्मार्टफोन खुल्ला रहन्छ, तबसम्म त्यसको प्रोसेसर एक्टिभ रहन्छ । हामीले प्रयोग गर्दा होस् या नगर्दा धेरै एप फोन अन भएमा मात्रै पनि चल्ने गर्छन् ।

एप एक्टिभ भएमा यसको असर हाम्रो स्मार्ट फोनमा पर्दछ । र्‍याममा धेरै एप्लिकेशन भएमा प्रोसेसिङ स्पीड स्लो हुन्छ र हाम्रो फोन बिस्तारै ह्याङ हुन थाल्दछ ।

३. फोन सधैँ चार्जमा नराख्नुहोस्

मानिसलाई भोक लागेजस्तै फोनलाई चलाउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । तर फोन सधैँ चार्जमा राखिरहनु राम्रो होइन । यसलाई पनि इनर्जीको आवश्यकता तर स्मार्टफोनको व्याट्री डाउन हुन दिनु राम्रो हो । जबसम्म उसको क्षमता १० प्रतिशत अथवा त्योभन्दा तल जाँदैन तबसम्म त्यसलाई चार्जमा राख्नु हुँदैन ।

४. पावर सेभिङ मोड फिचरको प्रयोग गर्नुहोस्

आजभोलि स्मार्टफोनको ‘पावर सेभिङ मोड’ फिचरलाई त्यति प्रयोग गरिएको पाइदैन । यो मोडमा आवश्यक एपमात्रै एक्टिभ रहन्छन्। जसकाे कारण हाम्रो फोन ह्याङ हुनबाट बच्ने गर्दछ । पावर सेभिङ मोडमा ब्याट्रीको क्षमतामा पनि बढोत्तरी आउँछ ।

५. दिनमा कम्तीमा आधा घण्टा फोन बन्द गर्नुहोस्

राति सुत्न बेला अथवा कुनै पनि समय कम्तीमा आधा घण्टाको लागि स्मार्टफोन बन्द गर्नुहोस जसबाट फोनको प्रोसेसर,र्‍याम र ब्याट्री स्लीप मोडमा रहन्छ । यसबाट फोनको प्रोसेसिङ स्पीडमा कहिल्यै पनि कमी आउँदैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्