सरकारले किन रोक्यो यी चार देशको श्रम स्वीकृति ?

Labour ministry
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । सरकारले नेपालको श्रम स्वीकृतिमा थप कडाइ गरेको छ । सरकारले अफगानिस्तान, इराक, सिरिया र इराकबाट रोजगारीबाट फर्केकाहरुको पुन: श्रम स्वीकृति नदिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यी चार देश असुरक्षित भएको र ती देशसँग आवश्यक कानूनी परामर्श लिएर मात्रै श्रम स्वीकृति वितरण गरिनेछ । यी चार देश सुरक्षाका हिसाबले खतरा रहेको औंल्याउँदै सरकारले तत्काललाई श्रम स्वीकृति स्थगित गरेको हो ।

सरकारले भिजिट भिसामा पनि कडाइ गरेको छ । भ्रमण शंकास्पद भएका व्यक्ति तथा आवश्यक कागजात प्रस्तुत गर्न नसक्नेहरुमाथि पनि निगरानी बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर तथा म्यानपावर व्यवसायीका प्रतिनिधिका नाममा खाडी देश जाने नेपालीहरुमाथि निगरानी बढाइएको छ । भिजिट भिसामा गएर अलपत्र पर्न थालेपछि कार्यालयले निगरानी बढाएको हो ।

त्यस्तै तपाई साउदी अरब रोजगारीका लागि जानेहरुले ६० हजार रियाल अर्थात् लगभग १८ लाख रुपैयाँभन्दा बढीको नगद तथा सामान लैजान नपाउने भएका छन् । साउदी अरब सरकारले विमानस्थलमार्फत अवैध कारोबार हुन थालेपछि यस्तो नियम लागू गरेको हो । नेपालस्थित साउदी राजदूतावासले नेपालको कन्सुलर सेवा विभागलाई पत्राचार गर्दै यसबारे जानकारी दिइसकेको छ ।

‘साउदी अबर जाँदा र फर्किंदा आगन्तुकहरूले ६० हजार साउदी रियाल वा सोभन्दा बढी मूल्य बराबरको वित्तीय साधन, सुन तथा सुनका गहना वा अन्य विदेशी मुद्राको अनिवार्य घोषणा गर्नुपर्ने’ अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ ।