प्रधानमन्त्री ओली स्वीजरल्याण्ड जाँदै

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ ५ गते स्वीजरल्यान्ड जाने भएका छन् ।

उनी आगामी माघ पहिलो साता हुने विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन स्वीजरल्यान्ड प्रस्थान गर्न लागेका हुन् ।

सम्मेलनमा ओली वक्ताका रुपमा सहभागी हुने भएसँगै परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ । मञ्चको वार्षिक सम्मेलन माघ ८ देखि ११ गतेका लागि तय भएको छ ।

सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र र सरकार प्रमुख पनि वक्ताका रुपमा सहभागी रहनेछन् । हरेक वर्ष हुँदै आएको उक्त सम्मेलनमा विभिन्न मुलुकका २ सय ५० जना सहभागी हुने बताइएको छ ।