सन्दीप विकेट विहीन

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको दोस्रो खेलमा कुनै पनि विकेट लिन सकेनन् ।

सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीप चितागोङ भीकिङसविरुद्धको खेलमा विकेटविहीन भएका हुन् । विकेट नलिएपनि उनले किफायती बलिङ भने गरेका थिए । उनले चार ओभर बल फ्याँक्दा २१ रन खर्चिए ।

यससँगै सन्दीप सातखेलपछि विकेट विहीन भएका हुन् । सन्दीप पछिल्लो सात खेलमा लगातार विकेट लिन सफल भएका थिए ।

पछिल्लो पटक दुबईमा भएको टी-१० लिगमा करेला नाइट्सबाट खेल्दै बेंगाल टाइगर्सविरुद्ध सन्दीपले विकेट लिन सकेका थिएनन् ।

यसअघि सन्दीपले बिगबासको चार वटै खेलमा विकेट लिन सफल भएका थिए । बीपीएलको डेब्यू खेलमा उनले २ विकेट लिएका थिए ।